धनगढी, २७ चैत्र । नेपालकै सर्वाधिक धनराशी भएको धनगढी प्रिमियर लिग क्रिकेट लिग डिपिएल आजदेखि सुरु हुदैछ ।
धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा च्यारिटी खेलसँगै प्रतियोगिताको उदघाटन हुनेछ ।
आज नेपाल ११ र धनगढी ११ बीच च्यारिटी म्याच हुनेछ । जसमा नेपाल ११ बाट राष्ट्रिय टोलीका खेलाडीहरु सहभागी हुनेछन् भने धनगढी ११ बाट सुदूरपश्चिमका स्थानीय खेलाडीहरु समावेश गरिएका छन् ।
प्रतियोगिताका आधिकारिक खेलहरु भने भोलिदेखि सुरु हुनेछ । डिपिएलमा देशभरका ६ शहरका टोलीहरुको सहभागिता छ । सुदुर पश्चिमका तीन शहर धनगढी, अत्तरिया र कन्चनपूसहित काठमाडौ, विराटनगर र रुपन्देहीले डीपिएलमा प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिताको पहिलो आधिकारिक खेल भोलि सिआइवी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच हुनेछ ।
२०७४ बैशाख १० गतेसम्म चल्ने प्रतियोगितामा जम्मा १९ खेल हुनेछन् । लिग चरणमा सहभागी ६ टोलीहरुले एकले अर्कासँग खेल्नेछन् । लिगचरणमा १५ खेल हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले सात लाख नगद पुरस्कार हात पार्नेछन् ।
धनगढी प्रिमियर लिग क्रिकेट आजदेखि
0
Share.
Comments