काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले रोमामाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा मिलानले रोमालाई ३–१ गोल अन्तरले हराएको हो ।
मिलानको घरेलु मैदानमा भएको खेलमा आठौं मिनेटमा गोल गर्दै ओलिभर जिराउडले टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको १७औं मिनेटमा जुनियर मेस्सीआसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ४०औं मिनेटमा टामी अब्राहीमले गोल गर्दै रोमालाई २–१ को स्थितिमा ल्याए । ७४औं मिनेटमा रिक कार्सड्रपले रातो कार्ड पाएपछि रोमा १० खेलाडीमा सिमित भएको थियो ।
साथै, ८२औं मिनेटमा राफेल लाओले गोल गर्दै मिलानलाई ३–१ को जित दिलाए । यस जितसँगै मिलान २० खेलमा ४५ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । यस्तै, रोमा ३२ अंकका साथ सातौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ पुस २३ शुक्रबार
Comments