काठमाडौं । गाबोनका कप्तान पिएरे एमरिक अबमेयाङलाई कोभिड१९ को संक्रमण भएको छ । अफ्रीका कप अफ नेसन्सका लागि क्यामरुन पुगेका अबमेयाङलाई कोभिड १९ पुष्टि भएको हो ।
अफ्रीका कप अफ नेसन्समा आफ्नो राष्ट्रको पहिलो खेलको चार दिन अघि उनलाई कोभिड १९ पुस्टि भएको हो । अबमेयाङसँगै मिडफिल्डर मारियो लेमिनालाई समेत कोभिड(१९ को संक्रमण देखिएको छ ।
यस्तै प्रशिक्षक एनिसेट यालालाई समेत कोभिड संक्रमण भएको छ । अफ्रीका कप अफ नेसन्सको समूह सी को गाबोनले कोमोरोससँग सोमबार खेल्नेछ । दोस्रो खेलमा घानासँग शुक्रबार खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ पुस २३ शुक्रबार
Comments