अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा खेलाडी र अफिसियललाई मैदानमा मोबाइल ल्याउन प्रतिबन्ध लगाएको छ ।
एन्फाले मुख्य प्रशिक्षक र टिम म्यानेजरबाहेक अन्य अफिसियल र खेलाडीलाई खेल स्थलमा मोबाइल ल्याउन निषेध गरेको हो ।
एन्फाले बुधबार सहभागी क्लबलाई पत्र लेख्दै मोबाइल ल्याउन प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।
एन्फाले जारी लिगको आठौं चरणको खेलबाट उक्त नियम लगाइएको एक विज्ञप्तिमार्फत एन्फाले सम्पूर्ण क्लबलाई आग्रह गरेको हो ।
Comments