काठमाडौं । इंग्लिस क्लब एभर्टनले डिफेन्डर नाथन पाटर्सनलाई अनुबन्ध गरेको छ । एभर्टनले स्कटल्याण्डका डिफेन्डरलाई रेन्जर्सबाट अनुबन्ध गरेको हो ।
२० वर्षीय डिफेन्डरले एभर्टनसँग साढे पाँच वर्षको सम्झौता गरेका छन् । उनले स्कटल्याण्डका लागि ६ खेल खेलिसकेका छन् ।
यस अघि एभर्टनले युक्रेनी डिफेन्डर भिटाली म्यकोलेन्कोलाई अनुबन्ध गरेको थियो । एभर्टनले डाइनामो किभबाट डिफेन्डर भिटालीलाई अनुबन्ध गरेको हो ।
२२ वर्षीय डिफेन्डरले एभर्टनसँग साढे चार वर्षको सम्झौता गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ पुस २१ बुधबार
Comments