काठमाडौं । त्यसो त सन् २०२२ मा म्यानचेस्टर युनाइटेडको सुरुआत राम्रो रहेन्, इंग्लिस प्रिमियर लिगमा उसलाई उल्भ्सले सोमबार मात्र हराएको छ ।
तर यो खेलमा कोही एक खेलाडीले सबैको ध्यान खिचेका थिए भने ती थिए, म्यानचेस्टरका डिफेन्डर फिल जोन्स ।
सायद म्यानचेस्टरकै समर्थकले पनि उनलाई बिर्सिसकेका थिए ।
चोटबाट मुक्त भएयता उनी ७ सय ७ दिनपछि पहिलो पल्ट म्यानचेस्टरका लागि खेले र उनको प्रदर्शन प्रशंसा गर्न योग्य नै रह्यो ।
अझ भन्नेले केसम्म भनेका छन् भने उल्भ्सविरुद्ध कुनै एक खेलाडीको प्रदर्शन राम्रो थियो भने त्यो जोन्सकै थियो । सम्भवतस् लामो समयका लागि म्यानचेस्टरको उनको भविष्य पनि छैन् ।
ःबथ दभ बल ष्mबनभ या द्द उभयउभि बलम उभयउभि उबिथष्लन कउयचतक
तर पनि उनले देखाएका छन, उनी अझै उत्तिकै उपयोगी खेलाडी हुन् । टिमका नियमित खेलाडी ह्यारी म्याग्वेर एरिक बिलीको अनुपस्थितिमा जोन्सले मौका पाएका हुन् । उल्भ्सविरुद्ध उनले जसरी खेले, सम्भवतस् उनले कम्तीमा यो सिजन म्यानचेस्टरमा राम्रै अवसर पाउने छन् ।
सायद उनीमाथि व्यवस्थापक राल्फ राङनिकको नजर पर्नेछ ।
जोन्सले यसअघि अन्तिम पटक सन् २०२० को जनवरी २६ मा खेलेका थिए, जति बेला एफएकपमा म्यानचेस्टर युनाइटेडले ट्रानमेरलाई सजिलै ६–० ले हराउको थियो ।
सन् २०११ यता उनी म्यानचेस्टरमा छन्, तर उनको त्यति साह्रो चर्चा पनि हुने गर्दैन् । यसको एउटा ठूलो कारण उनलाई चोटले लगातार दिने दुस्ख पनि हो ।
प्रकाशित मितिः २०७८ पुस २० मंगलबार
Comments