काठमाडौं । अर्को महिना मरिसससँगै हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ । टोलीको तयारी पुसको अन्तिमबाट सुरु हुने भएको छ ।
माघको १५ र १८ गते नेपाल र मोरिससबीच दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ । प्रशिक्षण पुस ३० गतेबाट सुरु गर्ने तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
प्रशिक्षण सुरु हुँदा कतार एअरवेज सहिद स्मारक ए डिभिजिन लिगको नवौं चरण सञ्चालन भइरहेको हुन्छ । राष्ट्रिय टोलीमा बोलाइने खेलाडीको लिगमा आफ्नो क्लबको सकिएपछि प्रशिक्षणमा सामेल हुने बताइएको छ । राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्ला अलमुतायरी पनि केहि दिन अघि नेपाल आइसकेका छन् ।
नेपाल फर्केपछि अलमुताइरीले नियमित रुपमा लिग हेरिरहेका छन् । लिगकै प्रदर्शनका आधारमा खेलाडीहरुलाई प्रशिक्षणमा डाकिने बताइएको छ । केहि नयाँ खेलाडीले पनि प्रशिक्षणमा मौका पाउने सम्भावना छ । फिफा डेटमा हुने मैत्रीपूर्ण खेल फिफा अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन् । यसपटक माघ १० देखि १८ गते सम्म फिफा डेट रहेको छ ।
प्रारम्भिक टोली :
प्रकाशित मितिः २०७८ पुस १९ सोमबार
Comments