काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा शेर्पाले १-० को अग्रता बनाएको छ ।
खेलको ४४ औं मिनेटमा विश्वास श्रेष्ठले पेनाल्टीमा गोल गर्दै शेर्पालाई १-० को अग्रता दिलाएका हुन् ।
सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेब गुरुङलाई फउल गरेपछि शेर्पाले पेनाल्टीको अवसर पाएको थियो ।
नवप्रवेशी क्लब सातदोबाटो आज तेस्रो जितको खोजीमा रहेको छ । सातदोबाटो ६ खेलमा ८ जोडेर सातौं स्थानमा रहेको छ ।
शेर्पालाई हराएर सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ ।
शेर्पा पनि तेस्रो जितको खोजीमा रहेको छ । शेर्पा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
सातदोबाटोलाई हराएर शेर्पा पनि शीर्ष पाँचमा उक्लने योजनामा रहेको छ ।
प्रकाशित मितिः २०७८ पुस १९ सोमबार
Comments