एजेन्सी, २५ चैत । स्पेनिस लिगमा सेभियाविरुद्ध गत बुधबार दुई गोल गरेका लिओनल मेसीले बार्सिलोनामा बालबालिकाको क्यान्सरका लागि बन्न लागेको अस्पतालका लागि सहयोग गर्ने भएका छन् ।
मेसीले आफ्नो आधिकारीक फेसबुकमा क्यानसरपीडित बालबालिकाको लागि आफूले सघाउने घोषणा गरेका छन्। बार्सिलोनामा क्यानसरपीडित बालबालिकाको उपचार र अनुसन्धानका लागि अस्पताल निर्माण गर्न ३ करोड युरो उठाउने अभियानको सुरुवात पारा लस भेलेन्टेस भन्ने संस्थाले गरिसकेको छ । यो अभियानअन्तर्गत ४० लाख युरो उठिसकेको र मेसीको संलग्नताले छिटै योजनाका लागि अपूग रकम पुरा हुने आशा गरिएको छ ।
मेसीले क्यान्सरपीडित बालबालिकालाई सहयोग गर्ने
0
Share.
Comments