काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनालाई जित दिलाउन लुक डी योङले निर्णायक गोल गरे ।
योङले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो ।
यस जितसँगै बार्सिलोनाले १९ खेलमा ३१ अंक जोडेको छ ।
बार्सिलोना लिगको पाँचौ स्थानमा उक्लिएको छ ।
मालोर्का २० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ पुस १९ सोमबार
Comments