काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले बर्नलीलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा स्कट म्याकटोमीनेले आठौं मिनेटमा गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा बी मिले आत्मघाती गोल गरेपछि युनाईटेड २-० ले अघि रह्यो ।
क्रिस्टियानो रोनाल्डोले ३५ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ३८ औं मिनेटमा बर्नलीका लेननोनले एक गोल फर्काएपनि युनाईटेड ३-१ ले विजयी भयो ।
यस जितसँगै युनाईटेड लिगको छैटौं स्थानमा उक्लिएको छ । युनाईटेडले १८ खेलमा ३१ अंक जोडेको छ । बर्नली ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ पुस १६ शुक्रबार
Comments