काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटो र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
सातदोबाटो आज जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
सातदोबाटो ५ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । जावलाखेललाई हराएममा सातदोबाटो चौंथो स्थानमा उक्लनेछ ।
जावलाखेल ५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ । आज सातदोबाटोलाई हराएर जावलाखेल पनि अंक तालिका सुधार गर्न चाहन्छ ।
श्रीलंका र किर्गिस्तानले तेस्रो स्थानमा लागि खेल्ने छन् ।
प्रकाशित मितिः २०७८ पुस १२ सोमबार
Comments