काठमाडौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र एनआरटीले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको ३२ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए । उनले मेसुके ओलोमोउको क्रसमा हेडमार्फत गोल गरेका हुन् ।
तर, खेलको ३७ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा फर्काए । प्रदिप लामाको क्रसमा एनआरटीका डिफेन्डरको गल्तिको फाईदा उठाउदै आशिषले हेडमार्फत गोल गरेका हुन् ।
आज दुबै टिम जित निकाल्ने योजनामा रहेका छन् ।
एपीएफ ५ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एनआरटीलाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा रहेको छ ।
एनआरटी ५ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ । एपीएफलाई पराजित गर्दै एनआरटी शीर्ष पाँचमा उक्लन चाहन्छ ।
प्रकाशित मितिः २०७८ पुस ०९ शुक्रबार
Comments