काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का ६ बोर्ड सदस्यले ४ खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै ६ बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई छ महिना सेन्ट्रल कन्ट्याक्टबाट बाहिर राख्ने क्यानको निर्णय फिर्ता लिन माग गरेको हो ।
यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रलाई पदमुक्त गर्दै २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय लिएको थियो । यस्तै क्रिकेट टोलीको कप्तानीमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।
कारबाही माग गर्ने ६ सदस्य :
ऋषिराम गौतम, केन्द्रीय सदस्य
अमितवीर पाण्डे, केन्द्रीय सदस्य
करन महतारा, केन्द्रीय सदस्य
मोहम्मद दाउद अन्सारी, केन्द्रीय सदस्य
सञ्जयराज सिंह, केन्द्रीय सदस्य
छुम्बी लामा, केन्द्रीय सदस्य (राखेप प्रतिनिधि)
प्रकाशित मितिः २०७८ पुस ०७ बुधबार
Comments