काठमाडौं । पाकिस्तानका टेस्ट क्रिकेटर आविड अलीलाई एक्युट कोरोनारी सिन्ड्रम (छातीसम्बन्धि समस्या) पत्ता लागेको छ ।
३४ वर्षीय अलीले मंगलबार कायद-ए-अजाम ट्रफी खेलका क्रममा छाती दुखेको बताएपछि उनलाई अस्पताल लगिएको थियो ।
सेन्ट्रल पञ्जाबका लागि पाखतुन्खवाविरुद्ध ब्याटिङ गर्दै गर्दा अलीले दुई पटक छाती दुखेको बताएका थिए । अली ६१ रनमा अविजित रहेका थिए ।
पाकिस्तान क्रिकेट बोर्डले अलीको अवस्था अहिले स्थित रहेको जनाएको छ ।
बंगलादेशविरुद्धको दुईवटा टेस्ट खेल्दै अली पाकिस्तानको घरेलु क्रिकेट खेलिरहेका थिए ।
उनले बंगलादेशविरुद्धको पहिलो टेस्टमा १ सय ३३ र ९१ रन जोडेका थिए र प्लेयर अफ द म्याच घोषित भएका थिए ।
प्रकाशित मितिः २०७८ पुस ०७ बुधबार
Comments