काठमाडौं । सिरि ए फुटबलमा नापोलीले एसी मिलानलाई हराएको छ । आईतबार राति नापोलीले एसी मिलानलाई १-० ले हराएको हो ।
नापोलीको जितमा खेलको पाँचौ मिनेटमा इलिफ इल्मासले विजयी गोल गरे । नापोलीको तीन खेलको जित विहिन यात्रामा पूर्णविराम समेत लागेको छ ।
खेलको अन्तिम मिनेटमा फ्रेन्क किसीले बराबरी गोल फर्काएका थिए । तर रेफ्रीले त्यसलाई अफसाईडको मान्यता दिए ।
प्राप्त जितसँगै नोपाली लिगको दोस्रो स्थानमा उक्लिएको छ । उसले एसी मिलानसँग ३९ अंकको बराबरी गरेको छ । दुवै टिम शीर्ष स्थानको इन्टर मिलान भन्दा चार अंकले पछि छन् । शीर्ष स्थानको मिलान क्लबको ४३ अंक छ । एजेन्सी
प्रकाशित मितिः २०७८ पुस ०५ सोमबार
Comments