काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) एक खेल हुँदैछ । पाँचौं चरणको खेल अन्तर्गत आज हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साझ ४ः४५ बजे सुरु हुनेछ । हिमालयन ४ खेलमा २ अंक जोडेर १३औं स्थानमा रहेको छ । यस्तै, ४ खेलमा ५ अंक जोडेको ब्रिगेड आठौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ पुस ०४ आइतबार
Comments