काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले पहिलो हाफमा बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै टोली पहिलो हाफमा १-१ को बराबरी रहेका हुन् ।
खेलमा भने आर्मीले सुरुआती अग्रता लिएको थियो । आर्मीले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो ।
दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाए ।
तर आर्मीको त्यो अग्रता धेरै बेर टिक्न सकेन ।
सातदोबाटोका मार्टिनले १६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याए ।
प्रकाशित मितिः २०७८ पुस ०२ शुक्रबार
Comments