काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रोमान्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको सातौं मिनेटमा जोन्जो शेल्भीले गोल गर्दै न्युकासललाई सुरुआती अग्रता दिलाएका थिए । २१औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए । यस्तै, खेलको २५औं मिनेटमा मोहमद सलाहले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
खेलको ८७औं मिनेटमा ट्रेण्ड एलेक्सजेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । यस जितसँगै लिभरपुल १७ खेलमा ४० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । १० अंक जोडेको न्यूकासल १९औं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ पुस ०२ शुक्रबार
Comments