एजेन्सी, २३ चैत । एथ्लेटिको मड्रिड स्पेनिस ला लिगामा दोस्रो स्थानको बार्सिलोनासँग अंक दूरी कम गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल सोसिडाडलाई १–० ले हरायो ।
एथ्लेटिकोको जितमा फिलिप लुइसले गरेको गोल नै निर्णायक बन्यो । ला लिगामा एथ्लेटिकोको यो लगातार पाँचौं जित हो । जितपछि तेस्रो स्थानको एथ्लेटिकोको ३० खेलबाट ६१ अंक भएको छ । यो जितसँगै एथ्लेटिको चौथो स्थानको सेभिल्ला भन्दा तीन अंकले अघि रहेको छ भने दोस्रो स्थानको बार्सिलोनासँगको अंक दूरी पाँचमा छोट्याएको छ । बार्सिलोनाको २९ खेलबाट ६६ अंक छ । शीर्ष स्थानको रियल मड्रिडको २८ खेलबाट ६८ अंक भएको छ ।
राति नै भएका अरु खेलमा एथ्लेटिको बिल्बाओले स्पानियोललाई २–० तथा भिल्लारियलले रियल बेटिसलाई १–० ले हरायो ।
एथ्लेटिको मड्रिडले रियल सोसिडाडलाई हरायो
0
Share.
Comments