एजेन्सी, २३ चैत । बार्सिलोनाको बी टिमसँग १२–० ले पराजय भोगेपछि खेल मिलेमतोको आरोपमा इटालियन प्रशिक्षक फिलिपो डे पियरोलाई स्पेनिस प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।
शनिबार राति भएको खेलमा स्पेनको तेस्रो डिभिजनको क्लब एलडेन्सी बार्सिलोना बी सँग १२–० ले हारेको हो । त्यसपछि स्पेनिस प्रहरीले एलडेन्सीका इटालियन प्रशिक्षक फिलिप्पो डी पिएर्रोलाई म्याचफिक्सिङ गरेको आरोपमा पक्राउ गरेको हो । बार्सिलोना बी कुनै किसिमको गल्ति गरेको केही संकेत देखिएको छैन । डि पिएर्रो गएको जनवरीमा क्लब आएका हुन् ।
१२–० को हारपछि एलडेन्सी रेलिगेशनमा पर्ने पक्का भएको छ । त्यसपछि क्लबले यो सिजनका बाँकी खेल नखेल्ने बताएको थियो । तर पछि फेरि लिगका बाँकी खेल खेल्ने निर्णय गरेको थियो । एलडेन्सीका डिफेन्डर इम्यानुएल मेन्डीले स्पेनिस रेडियोसँगको अन्तर्वाताको क्रममा क्लबका सहायक प्रशिक्षक फ्रान रुइजले आफूसँग म्याच फिक्सिङको योजना बारे कुरा गरेको बताएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
एलडेन्सी टिमका प्रशिक्षक पक्राउ
0
Share.
Comments