काठमााडौं । अष्ट्रेलियाको टेस्ट टिमका कप्तान प्याट कमिन्सले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
कोभिड १९ संक्रमितको क्लोज कन्ट्याक्टमा परेको कारण कप्तान कमिन्सले दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
एसेस सिरिज अन्तर्गतको दोस्रो टेस्ट आजबाट एडिलेटमा सुरु हुँदैछ ।
कमिन्सले दोस्रो टेस्ट गुमाउने भएपछि स्टिभ स्मिथले टिमको कप्तानी गर्नेछन् । पहिलो टेस्टमा अष्ट्रेलियाले ९ विकेटको जित निकालेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ पुुस १बिहीबार
Comments