काठमााडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्याम युनाईटेडलाई २-० गोल अन्तरले हराएको हो ।
आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेली र इमिल स्मिथले एक एक गोल गरे । खेलको ४८ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए ।
६७ औं मिनेटमा भ्लादमिर काउफलले रातो कार्ड पाएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटियो । खेलको ६९ औं मिनेटमा आर्सनलका एलेक्सजेन्ड्रा लाकाजेट्टीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
त्यसपछि खेलको ८७ औं मिनेटमा इमिलले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए । यस जितसँगै आर्सनलले १७ खेलमा २९ अंक जोडेको छ ।
आर्सनल चौंथो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम २८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ । प्रिमियर लिग अन्तर्गत नै अन्य खेलमा उल्भ्सले ब्राइटनलाई १-० ले हराएको छ । साउथह्याम्पटन र क्रिस्टल प्यालेसले २-२ गोलको बराबरी खेलेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ पुुस १बिहीबार
Comments