एजेन्सी, २३ चैत । आजबाट भारतको नयाँ दिल्लीमा इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको दसौ संंस्करण सुरु हुदै छ ।
प्रतियोगिताको पहिलो खेलमा डिफेन्डीङ च्याम्पियन सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङलोर विच प्रतिस्पर्धा हुने छ । यी दुर्इ टोली बीचको खेल राति ८ बजे हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तराष्टिय रंगशालामा हुने छ ।
सन् २००८ देखि सुरु भएको आइपीएल पछिल्लो समय सबै भन्दा लोकप्रिय क्रिकेट लिग मानिन्छ । यस संस्करणको प्रतियोगितामा दिल्ली डेयरडेभिल्स, गुजरात लायन्स, किंग्स इलावेन पन्जाब, कोलकत्ता नाइट राइडर्स, मुम्बई इन्डियनस, राइजिङ पुने सुपरजाइन्ट, रोयल च्यालेन्जर्स बेङलोर र सन्राइजर्स हैदरावादले प्रतिस्पर्धा गर्ने छन् ।
आइपीएल क्रिकेटको दसौ संंस्करण आजबाट सुरु हुदै
0
Share.
Comments