काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत घरेलु मैदानमा खेल्न मनाङ मर्स्याङ्दी क्लबको टोली पोखरा प्रस्थान गरेका छन् ।
लिग अन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलका लागि मनाङको टिम बुधबार बिहान पोखरा प्रस्थान गरेको हो ।
पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले पुस ३ गते पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।
जुन खेल ए डिभिजन लिगको ऐतिहासिक खेल समेत हुनेछ । ए डिभिजन लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर खेल हुन लागेको हो ।
मनाङले पाँचौ चरणको खेल अन्तर्गत पुलिससँग पोखरामा खेल्न लागेको हो । मनाङले सातौं र आठौं चरणको खेल समेत पोखरा रंगशालामा खेल्ने छ ।
मनाङले सातौं चरणमा ब्रिगेड ब्वाइज क्लब र आठौं चरणमा च्यासल युथ क्लबसँग पोखरामा खेल्नेछ ।
मनाङले ब्रिगेडसँग पुस १७ र च्यासलसँग पुस २४ गते खेल्ने तालिका रहेको छ ।
मनाङ लिगको दोस्रो स्थानमा रहेको छ । मनाङले ४ खेलमा १० अंक जोडेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर २९ बुधबार
Comments