काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरोले खेल जीवनबाट सन्यास घोषणा गर्ने भएका छन् ।
स्वास्थ्य समस्याको कारण अग्युरोले सन्यासको तयारी गरेको बीबीसीले जनाएको छ । ३ वर्षीय अग्युरो पछिल्लो समय चोटबाट गुज्रिरहेका छन् ।
बार्सिलोनाका स्ट्राइकर अग्युरोले अक्टोबरबाट खेलेका छैनन् । पछिल्लो पटक उनले ३० अक्टोबरमा अल्भेसविरुद्ध खेलेका थिए ।
छातीमा समस्या देखिएपछि उनी त्यस खेलमा सब्सिच्युड भएका थिए । अग्युरो यसै सिजन बार्सिलोनामा अनुबन्धित भएका थिए ।
अग्युरोले बार्सिलोनासँग दुई वर्षे सम्झौता गरेका थिए । सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका हुन् । अग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।
अग्युरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । अग्युरोले सिटीका लागि मुख्य १५ उपाधि जितेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर २८ मंगलबार
Comments