काठमाडौं । माहेला जयवर्दने श्रीलंका पुरुष क्रिकेट टिमको कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त भएका छन् ।
जयवर्दने एक वर्षको लागि कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त भएका हुन् । उनको कार्यकाल २०२२ को जनवरी १ बाट सुरु हुनेछ ।
श्रीलंका क्रिकेटले जयवर्दनेले यू-१९ र श्रीलंका टिम ए को टिमसँग समेत काम गर्ने जनाएको छ ।
श्रीलंका क्रिकेटको बारेमा म निकै प्यासोनेट छु । र, विश्वास गर्छु कि हामी भविष्यमा निरन्तर सफलता हासिल गर्ने छौँ, नियुक्तिपछि जयवर्दनेले भनेका छन् ।
जयवर्दने श्रीलंकाका पूर्व कप्तान समेत हुन् । जयवर्दनेले श्रीलंकाका लागि १ सय ४९ टेस्ट र ४ सय ४८ एकदिवसीय खेलेका छन् ।
प्रकाशित मितिः २०७८ मंसिर २८ मंगलबार
Comments