काठमाडौं । इंग्लिस प्रिमियर लिगका ४२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ ।
पछिल्लो पटक गरिएको परिक्षणमा खेलाडी र पदाधिकारी गरि ४२ जनामा कोभिड संक्रमण देखिएको हो ।
गत जनवरीपछि पहिलो पटक ठुलो संख्यामा खेलाडी र पदाधिकारीमा कोभिड संक्रमण देखिएको हो ।
प्रिमियर लिगका ब्राइटन, टोटेनहम, लेष्टर सिटी, म्यानचेस्टर युनाईटेड, एस्टन भिल्ला र नर्विच सिटीका खेलाडी र पदाधिकारीमा कोभिड देखिएको हो ।
कोभिडकै कारण ब्राइटन र टोटेनहम तथा युनाईटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भईसकेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर २८ मंगलबार
Comments