काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरा रंगशालामा खेल्ने पक्का भएको छ ।
पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस सिजन तीन क्लबसँग पोखरामा खेल्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले जारी गरेको खेल तालिका अनुसार मनाङले पाँचौ, सातौं र आठौं चरणको खेल पोखरा रंगशालामा खेल्ने भएको हो ।
जस अन्तर्गत मनाङले पाँचौं चरण अन्तर्गत नेपाल पुलिस क्लब, सातौं चरणमा ब्रिगेड ब्वाइज क्लब र आठौं चरणमा च्यासल युथ क्लबसँग पोखरामा खेल्ने भएको हो ।
मनाङले पुलिससँग पुस ३ गते खेल्दा ब्रिगेडसँग पुस १७ र च्यासलसँग पुस २४ गते खेल्ने तालिका रहेको छ ।
एन्फाले नवौं चरणसम्मको खेल तालिका समेत सार्वजनिक गरेको छ । तीन खेल बाहेक अन्य सबै खेल दसरथ रंगशालामा हुनेछ ।
नयाँ खेल तालिका:
प्रकाशित मितिः २०७८ मंसिर २७ सोमबार
Comments