काठमाडौं । अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हाजलउडले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
चोटको कारण हाजलउडले एसेस सिरिज अन्तर्गतको दोस्रो टेस्ट गुमाउने भएका हुन् । क्रिकेट अष्ट्रेलियाले हाजलउडलेछातीको करङमा चोट लागेको जनाएको छ ।
चोटका कारण उनले पहिलो टेस्टको दोस्रो इनिङ्समा बलिङ गरेका थिएनन् । पहिलो टेस्टमा अष्ट्रेलियाले ९ विकेटको जित निकालेको थियो । दोस्रो टेस्ट बिहीबारबाट सुरु हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर २७ सोमबार
Comments