काठमाडैं । नेपाल अल लिङ पङ मेम्बर्स (एपीएम) टेबल टेनिसले पुस १ गरेबाट खुला टेबलटेनिस प्रतियोगिता गर्ने भएको छ ।
पुस ३ गतेसम्म ललितपुरको भैँसेपाटीमा हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, मिक्स डबल्स, पुरुस भेट्रान्स एकल (४० वर्षमाथि), पुरुष भेट्रान्स एकल (५० वर्षमाथि), पुरुष भेट्रान्स एकल (६० वर्षमाथि), ब्वाइज एकल यू-१६ र महिला एकल यू-१६ गरी जम्मा आठ स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब र र सशस्त्र प्रहरी बल (एपीएफ) सहित ३०० भन्दा धेरै खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा महिला र पुरुष एकल स्पर्धाका विजेताले १० हजार, दोस्रो हुनले पाँच हजार तथा तेस्रो हुने दुई जनाले समान दुई हजार ५०० रुपैयाँ पुरस्कार जित्नेछन् । यस्तै, सबै आठ स्पर्धाका विजेताहरूलाई सीओम टेबल टेनिस नेपालले पाँच लाख रुपैया बराबरको टेबल टेनिस खेल सामग्री प्रदान गर्नेछ ।
प्रकाशित मितिः २०७८ मंसिर २३ बिहिबार
Comments