काठमाडैं । अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी तथा यूटीएस कलेजले काठमाडौं र पोखरामा रियाक्टीभेसन वर्कसप सम्पन्न गरेको छ । च्यानल पार्टनरहरूका लागि उक्त वर्कसप मंगलबार र बुधबार आयोजना गरिएको थियो ।
कोरोना विरुद्धको भ्याक्सिन लगाउने कार्य अन्तिम चरणमा पुगेपछि अष्ट्रेलियाले पुनः सिमाना खुला गर्ने भएको छ । त्यसैले च्यानल पाट्नरहरूलाई पुनः सक्रिय बनाउनका साथै फाउन्डेसन, अन्डरग्रयाजुयट र प्री मास्टरस् प्रोग्रामका बारेमा जानकारी गराउन वर्कसप आयोजना गरेको हो । वर्कसपमा युटियस कलेजका चिफ अफिसर पाट्नरसिप एन्ड ग्रोथ पिटर ह्यारीसले भर्चुअल जोडिएका थिए । ‘विद्यार्थीहरूलाई कलेजमा स्वागत गर्न र नेपालका च्यानललाई व्यक्तिगत रूपमा भेट्न पाउँदा खुसी छु,’ उनले बताए ।
विद्यार्थीहरूलाई अस्ट्रेलियामा स्वागत गर्ने यो नयाँ सुरुवात र समय भएको युटियसका क्षेत्रीय निर्देशक पंकज जैनले बताए ।
प्रकाशित मितिः २०७८ मंसिर २३ बिहिबार
Comments