काठमाण्डौं । टोटेनहमको प्रि–क्रिसमस खेलको तयारी प्रभावित भएको छ ।
क्लबका खेलाडी तथा पदाधिकारीहरुमा कोभिड-१९ पोजेटिभ देखिएपछि क्लबको तयारी प्रभावित बनेको हो ।
क्लबका कैयौ खेलाडी तथा पदाधिकारीहरुमा कोभिड-१९ पोजेटिभ देखिएको बताइएको छ ।
थप खेलाडीहरुको पिसिआर परिक्षण गरिने भएको छ ।
टोटेनहमले आउदो बिहीबार युरोपा कन्फेरेन्स लिग अन्तर्गत समूह चरणको खेलमा रेनेसविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसैगरी, टोटेनहमले आइतबार इंग्लीस प्रिमियर लिग अन्तर्गत ब्राइटनविरुद्ध खेल्ने छ ।
युईएफएको नियम अनुसार २५ मध्ये गोलरक्षकसहित १३ खेलाडी उपस्थित रहे टोटेनहमले रेनेसविरुद्धको खेल खेल्नुपर्ने हुन्छ । अन्तिम ३२ को सम्भावना कायम राख्न टोटेनहमलाई रेनेसविरुद्ध खेल जित्नुपर्नेछ ।
टिममा पर्याप्त खेलाडी भएन भने खेल स्थगित हुन सक्नेछ तर समूह चरणको खेल भने डिसेम्बर ३१ तारिखसम्म पुरा हुनुपर्नेछ ।
युईएफएले उक्त खेल तोकिएको मितिमै हुने जनाएको छ ।
यता प्रिमियर लिगको आइतबारको खेलको बारेमा क्लबले छलफल गरेको छैन ।
प्रकाशित मितिः २०७८ मंसिर २२ बुधबार
Comments