काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा पिएसजीले क्लब ब्रुगलाई ४–१ ले पराजित गरी सहज जित निकालेको हो ।
खेलको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोली पिएसजीलाई दोब्बर अग्रता दिलाए । ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई ३–० को अग्रता दिलाए । ६७ अौं मिनेटमा पाहुना टोली क्लब ब्रुगका लागि माट्स रिट्सले गोल गरे । तर, ७६ अौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई ४–१ को जित दिलाए ।
पिएसजीले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो रह्यो । क्लब ब्रुग भने ६ खेलमा ४ अंकसहित पुछारमा रह्यो ।
प्रकाशित मितिः २०७८ मंसिर २२ बुधबार
Comments