काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो संस्करणमा सहभागी हुन नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डीसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशको ढाकामा आयोजना हुँदै छ ।
प्रतियोगितामा बंगलादेश, भुटान, भारत, नेपाल र श्रीलंकासहित पाँच टोली सहभागी हुँदैछन् । नेपालले डीसेम्बर ११ मा घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा नेपाललाई हराएर बंगलादेशले उपाधि जितेको थियो।
राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मितिः २०७८ मंसिर २१ मंगलबार
Comments