भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आजबाट शुरु भएको छ ।
मंसिर २० गते सोमवारबाट २४ गते सम्म हुने प्रतियोगितामा ९२ बिद्यालयबाट १८८५ जना खेलाडीहरुको सहभागी छ भने १४ वटा खेल हुने प्रतियोगितामा ९०० वटा मेडलहरु रहेको आयोजक कमिटिले जनाएको छ ।
कार्यक्रम अघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका जनप्रतिनिधिहरु, स्कुलका खेलाडीहरु र बिभिन्न स्कुलका बिद्यार्थीहरु सहितको र्याली दतात्रयबाट शुरु भई गोल्मढी , सुकुलढोका , टौमढी , नासमना, भार्वाचो हुँदै सहिद स्मृति खेल मैदानमा पुगी सभामा परिणत भएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा जिम्नास्टिक खेल प्रदर्शन गरिएको थियो ।
प्रकाशित मिति :२०७८ मंसिर २० सोमबार
Comments