काठमाडौं । अबुधबाबीमा टी-१० लिगको फाइनलमा वेस्टइन्डिजका स्टार आन्द्रे रसेलले धमाकेदार इनिङ खेल्दै आफ्नो टीम डेक्कन ग्लाडिएटर्सलाई जित दिलाएका छन्।
फाइनलमा भिडन्तमा रसेलले ३२ बलमा अविजित ९० रन प्रहार गर्दै जित दिलाएका हुन्। उनले आफ्नो इनिङमा ७ छक्का र ९ चौका प्रहार गरे। २८१।२५ को स्ट्राइक रेटमा उनले सानदार इनिङ खेले। देल्ही बुल्स बिरुद्धको फाइनलमा पहिलो ब्याटिङ गरेको ग्लाडिएटर्सले १० ओभरमा १५९ रनको विशाल स्कोर तयार गरेको थियो।
जवाफमा दिल्ली १०३ रन मात्र जोड्न सफल भएपछि ग्लाडिएटर्सले खेल ५६ रनले जित्न सफल भयो।
ग्लाडिएटर्सका लागि रसेलले ३२ बलमा ९ चौका र ७ छक्का प्रहार गर्दै ९० रनमा अविजित रहँदा उनलाई टो कोहलर काडमोरले २८ बलमा ५९ रन बनाएर अविजित साथ दिए। उनले ३ चौका र ५ छक्का प्रहार गरेका थिए। उनीहरले १० रन अतिरिक्त प्राप्त गरेका थिए। यी दुई खेलाडीले अन्तीम तीन ओभरमा ५८ रन बनाएका थिए।
आठौं ओभरमा २१ रन बनेको खेलमा नवौं ओभरमा वेस्ट इन्डिजका अनुभवी बलर रवि रामपालले २३ रन खर्चिन बाध्य भए। अन्तिम ओभर बलिङमा आएका ड्वेन ब्राभोले १४ रन दिएका थिए।
जवाफी इनिङ सुरु गरेको दिल्ली बुल्स भने ७ विकेट गुमाएर १०३ रन मात्रै जोड्न सक्यो। दिल्लीका लागि चन्द्रपाउल हेमराजले २० बलमा ४२ रन बनाउनु सर्वाधिक रह्यो।
त्यस्तै इयोन मोर्गनले १३ रन बनाउँदा रहमनुल्लाह गुर्वाजले १४ रन जोडे। अन्य कुनैपनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्।
प्राकाशित मितिः २०७८ मंसिर १९ आइतबार
Comments