काठामाडैं । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगतको फाइनल खेल अहिले चलिरहेको छ ।क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा भइरहेको छ ।
बिहान ९ बजेबाट सुरु भएको खेलमा अहिले लुम्बिनीले व्यटिङ गरिरहेको छ । सुदुरपश्चिमले टस जित्दै लुम्बिनीलाई व्याटिङको निम्तो दिएको थियो ।
३१ ओभरको खेल चलिरहँदा लुम्बिनीले ४ विकेटको क्षतिमा १३३ रन जोडेको छ ।
प्राकाशित मितिः २०७८ मंसिर १९ आइतबार
Comments