काठमाडौं । इटालियन क्लब इन्टर मिलानका मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयघात भएपछि पहिलो पटक प्रशिक्षणमा फर्किएका छन् ।
एरिक्सनले डेनमार्कको क्लब ओडीन्से बोल्डक्लबको मैदानमा प्रशिक्षण सुरु गरेका हुन् । यस क्लब एरिक्सनको बाल्यकालको क्लब समेत हो ।
ओडीन्सेले डेनमार्कका मिडफिल्डरले क्लबमा प्रशिक्षण सुरु गरेको जनाएको छ । युरोकप फुटबल दौरान हृदयघात भएपछि एरिक्सन मैदान बाहिर रहदै आएका थिए ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए । मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।
यस्तै एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर ९आइसिडी० जडान गरिएको थियो ।
एरिक्सन व्यवसायिक खेलका लागि मैदान फर्कनेबारे केहि बताईएको छैन । तर, इटालियन फुटबल फेडेरेसनको टेक्निकल साईन्टिफिक कमिटिले एरिक्सनको शरीरमा जडान गरिएको आइसिडी नहटाएसम्म उनले खेल्न नमिल्ने जनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर १७ शुक्रबार
Comments