काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सालेरनिटानामाथि सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले सालेरनिटनालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्ट्सको जितमा पाउलो डिबाला र अल्भारो मोराटाले समान एक÷एक गोल गरेका थिए । खेलको २१ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाति अग्रता दिलाएका थिए ।
खेलको ७० औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए । साथै, खेलको इन्जुरी समयमा डिबालाले पेनाल्टीमा गोल गर्न सकेनन् ।
यस जितसँगै युभेन्ट्सले १५ खेलमा २४ अंक जोड्दै सातौं स्थानमा रहेको छ । सालेरनिटाना ८ अंकका साथ पुछारमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर १५ बुधबार
Comments