एजेन्सी, २० चैत । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सी लिग अन्तर्गत गएराति भएको खेलमा पराजित भएको छ । रेलिगेशनबाट जोगिन संघर्षरत क्रिष्टल प्यालेसले चेल्सीलाई उसकै मैदानमा २–१ ले हराएको हो ।
एन्टोनियो कोन्टेको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्दै आएको चेल्सीले घरेलु मैदानमा पछिल्लो १० खेल गुमाएको थिएन । साथै सेप्टेम्बर १६ मा कुनै पनि खेल गुमाएको थिएन ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले पाँचौ मिनेटमा नै सेस फेब्रिगासको गोलबाट अग्रता लिएको थियो । तर, जोगाउन सकेन ।
नवौं मिनेटमा जाहाले बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि नै बेन्टेकेले गोल गर्दै क्रिष्टल प्यालेसलाई अग्रता दिलाए ।
हारपछि चेल्सीको अग्रता ७ अंकमा झरेको छ । उसको २९ खेलबाट ६९ अंक छ भने दोस्रो स्थानमा रहेको टोटनहृयामको समान खेलबाट ६२ अंक भएको छ ।
चेल्सीको अप्रत्यासित हार
0
Share.
Comments