एजेन्सी १९ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) को १० औं संस्करण सुरु हुन केही दिन मात्र बाँकी रहेको अवस्थामा किङ्स–११ पञ्जावलाई ठूलो धक्का लागेको छ।
इन्दौरको नगर निगमले २९ लाखभन्दा बढि कर चुत्ता नगरेको आरोपमा पञ्जावको घरेलु मैदान होलकर स्टेडियमलाई शुक्रबार सिलबन्दी गरेको छ। यो मैदानमा आइपिएलको पहिलो खेल ८ अप्रेलमा हुने तय छ।
तर, अब नगर निगमले कर चुत्ता नगरेको आरोपमा होलकर स्टेडियमलाई सिलबन्दी गरेपछि खेल हुने विषयमा अन्यौलता छाएको छ। नगर निगमका अधिकारी प्रतापसिंह सोलन्कीका अनुसार पञ्जाव टिमले २०१६–१७ मा २९ लाख ९ हजार ६ सय ५ भारु तिर्न बाँकी छ।
किङ्स–११ ले ८ अप्रिलमा राइजिङ पूणे सुपरजाइन्ट्स, १० अप्रिलमा रोयल च्यालेञ्जर्स बेङ्लोर र २० अप्रिलमा मुम्बई इन्डियन्सविरुद्ध खेल्ने तय थियो।
Comments