एजेन्सी चैत । पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष शहरयार खानले आफ्नो पदबाट राजीनामा गरेका छन्। पाकिस्तानका समाचार पत्र ‘द डन’ का अनुसार शहरयार खानले पिसिबीका संरक्षक तथा पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफलाई राजीनामा पत्र सुम्पिएका थिए।
पत्रिकाले शहरयारले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) को वार्षिक सम्मेलनपछि उनले राजीनामा गर्ने सम्भावना रहेको औल्याएको थियो। तर, उनले बोर्डका केही सदस्यसँग बैठक गरेर राजीनामा गरे। उनले राजीनामा गर्नुको कारण व्यक्तिगत र स्वास्थ्यलाई बताएका छन्। उनको विषयमा सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन्।
Comments