काठमाडौं । जारी यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले सानदार सुरूवात गरेको छ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा कर्णालीले लुम्बिनी माथि १४० रनको फराकिलो जित हात पार्योल। ब्याटिङ र बलिङ दुबैमा कर्णाली उत्कृष्ट रह्यो।
टस जितेर पहिलो ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनायो। कर्णालीलाई बलियो अबस्थामा पुर्याउन सुवास अयरले सर्वाधिक ७६ रनको योगदान दिए। ९० बलको सामना गरेका अयरले ९ चौका र ३ छक्का प्रहार गरेका थिए।
त्यस्तै ओपनर विपिन रावलले २६ बलमा ३२ रन बनाउँदा कप्तान निश्चल रावलको नाममा ४४ रन रह्यो। ९९ बल खेलेका रावलले ५ चौका प्रहार गरेका थिए। त्यस्तै प्रकाश जैशीले २५ रन बनाउँदा सन्दीप शाही साहीले १० रनको स्कोर तयार गरे।
लुम्बिनीका लागि दुर्गेश गुप्ताले ४ विकेट लिंदा विशाल विक्रम केसीले २ विकेट लिए भने मोहमद्ध हुसेन र वासिर अहमेदको नाममा १-१ विकेट रह्ययो। जवाफमा लुम्बिनी २३.५ ओभरमा ९२ रनमा अलआउट भयो। लुम्बिनीका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।
लुम्बिनीलाई आठौं विकेटका लागि प्रज्वल थापा र दुर्गेश गुप्ताले ४७ रनको साझेदारी गर्दै केहि समय समालेपनि फराकिलो हार टार्न सकेनन्। प्रज्वल ३६ बलमा २८ रन बनाएर आउट हुँदा दुर्गेश २० रन बनाएर पेभिलियन फर्किए । एक समय लुम्बिनिले ४० रन जोडदा ७ विकेट गुमाएको थियो।
लुम्बिनीका लागि थप दोहोरो स्कोरका रुपमा ओपनर आकाश त्रिपाठीको १५ रन रह्यो। उसका ८ खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। कर्णालीका लागि प्रकाश जैशीले सर्वाधिक ५ विकेट लिए। त्यस्तै युनिस सिंहले ३ विकेट लिंदा अनुज चनराले २ विकेट हात पारे।
प्रकाशित मितिः २०७८ मंसिर ०८ बुधबार
Comments