एजेन्सी, १८ चैत । टेस्ट कप्तान विराट कोहली भारतको चौथो ठूलो सम्मान पद्म श्रीबाट हिजो सम्मानित भएका छन् । खेलबाट देशलाई चिनाउन योगदान गरेबापत उनलाई सरकारले पहिले नै सम्मान गर्ने घोषणा गरेको थियो ।
आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले पुरस्कार ग्रहण गरे । उनलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीको हातबाट पुरस्कार ग्रहण गरेका थिए । पद्म श्री अवार्डबाट पुरस्कृत भएपछि विराटले आफ्नो ट्विटरमा यस क्षणलाई अविस्मरणीय भनेका छन् । उनले भगवानको कृपा भन्दै राष्ट्रपतिको हातबाट यति ठूलो पुरस्कार ग्रहण गर्नु आफ्नो जीवनको अविस्मरणीय क्षण भएको बताएका छन् ।
उनीसँगै भारतका ८ अन्य खेलका खेलाडी पनि पद्म श्रीबाट सम्मानित भएका थिए।
कोहलीलाई भारतको चौथो ठूलो सम्मान
0
Share.
Comments