काठमाडौ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज नेपाली महिला क्रिकेट टोलीले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले भुटानसँग नेपाली समय अनुसार दिउँसो सवा ३ बजे प्रतिस्पर्धा गर्न लागेको हो ।
भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।
प्रकाशित मितिः २०७८ मंसिर ०७ मंगलबार
Comments