काठमाडौं । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपका लागि अहिलेसम्म १३ देश छानिएका छन् ।
३२ देश सहभागी हुने विश्वकपमा कतार आयोजकका रुपमा सोझै छनोट भएको हो । बाँकी ३१ देशमा युरोपबाट १३, एसियाबाट ६, अफ्रिकाबाट ५, दक्षिण अमेरिकाबाट चारदेखि पाँच, कन्काकाफबाट तीन वा चार र ओसियानाबाट एक टोली छनोट हुन्छन् ।
यस क्रममा जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन , सर्विया, नेदरल्यान्ड्स , इंग्ल्यान्ड र स्विट्जरल्यान्ड युरोपबाट छनोट भएका छन् । ब्राजिल ,अर्जेन्टिना दक्षिण अमेरिकाबाट छनोट भएको छ । अब १९ देश छानिन बाँकी छन् ।
विश्वकपमा छनोट भएका देशहरु :
कतार
फ्रान्स
जर्मनी
डेनमार्क
ब्राजिल
बेल्जियम
क्रोएसिया
स्पेन
सर्बिया
स्विट्जरल्यान्ड
इंग्ल्यान्ड
नेदरल्यान्ड्स
अर्जेन्टिना
प्रकाशित मितिः २०७८ मंसिर ०१ बुधबार
Comments