एजेन्सी, १७ चैत । केन्याका एक फुटबल खेलाडीलाई दक्षिण अफ्रिकाको क्लबले बन्दुक तेर्साएर सम्झौता अन्त्य गर्न चेतावनी दिएको छ । केन्याको राष्ट्रिय टिमका खेलाडी २४ वर्षका क्लिफ्टन मिहेसोले आफ्नो क्लब गोल्डेन एरोजले सम्झौता अन्त्य गर्नका लागि बन्दुकको डर देखाएर चेतावनी दिएको भन्दै फिफामा उजुरी दर्ता गरेका छन् ।
फिफामा मिहेसोले दर्ता गरेको आरोपमा गएको जनवरी १४ मा घटना भएको उल्लेख छ । क्लबको कार्यालय डरबनमा बोलाएर सम्झौता अन्त्य गर्ने र नभए गोली हान्ने भन्दै चेतावनी दिएको मिहेसोले आरोप लगाएका छन् । तर क्लबले भने यो आरोप अस्वीकार गरेको छ ।
मिहेसोले आफ्नो पारिश्रमिक बापतको २२ हजार अमेरिकी डलर पनि पाउनु पर्ने दाबी गरेका छन् । केन्याको राष्ट्रिय टिमबाट १४ खेल खेलेका उनले पाँच गोल गरेका छन् ।
मिहेसोलाई सम्झौता अन्त्य गर्न भन्दै बन्दुक देखाइयो
0
Share.
Comments