काठमाडौं । भारतीय क्रिकेट टीमका अलराउन्डर हार्दिक पंड्याबाट मुम्बई विमानस्थलमा अवैध सामान जफत गरिएको छ । टी–२० वर्ल्डकप क्रिकेटमा खराब प्रदर्शन गरेर दुबईबाट फर्किएका हार्दिकले ल्याएको सामान जफत गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हार्दिकले ५ करोड रुपैयाँ बराबरका २ घडी ल्याएका तर खरिदबिक्री कागजात नभएकाले बरामद गरिएको जनाइएको छ । सोमवार दुबईबाट फर्किने बेला मुम्बई विमानस्थलमा हार्दिक चेकजाँचमा परेका थिए । भारतीय भन्सारका अधिकारीले हार्दिकलाई आवश्यक कागजात ल्याउन मौका दिएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक ३० मंगलबार
Comments