एजेन्सी १६ चैत । सन् २०१८ मा हुने विश्वकप फुटबलको दक्षिण एशियाली छनौट अन्तर्गत बोलिभियाबिरुद्धको खेलमा अर्जेन्टिनाले २-० को पराजय ब्यहोरेको छ ।
सुपरस्टार स्ट्राइकर लिओनल मेस्सी फिफाद्वारा चार खेलको प्रतिबन्धमा परेगलत्तै भएको खेलमा बोलिभियाले घरेलु मैदानमा शानदार प्रदर्शन गर्दै कोपा अमेरिकाको उपबिजेता अर्जेन्टिनालाई पराजित गर्न सफल भयो । बोलिभियाका लागि जुहान कार्लोस अर्सले ३२औं मिनेटमा गोलको खाता खोलेका थिए । ५२औं मिनेटमा मार्सेलो मार्टिन्सले अग्रता दोब्बर बनाउँदा अर्जेन्टिनाले खेलमा गोल गर्न सकेन ।
गत साता भएको चिलीबिरुद्धको खेलमा लाइन्सम्यानबिरुघ अभद्र व्यवहार गरेको आरोप प्रमाणित गर्दै फिफाले लिओनल मेस्सीलाई बोलिभियासँगको खेल सुरु हुनु केहि समयअघिमात्र ४ खेलको प्रतिबन्ध लगाएको थियो । हारसँगै अर्जेन्टिना विश्वकप दक्षिण अमेरिकी छनौटको पाचौं स्थानमा झरेको छ । अर्जेन्टिनाको २२ अंक छ ।
Comments